मंग्सिर २, २०८३ बुधबार November 18, 2026

आँधीले जापानमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण ताइवानका केही रेल सेवा पनि अस्थायीरूपमा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, असार १२ गते । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ । प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायुसेवा कम्पनीले १२० वटा उडान रद्द गरेका छन् भने हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जापानको मौसम निकायका अनुसार गम्भीर उष्णकटिबन्धीय आँधी मेखालालाई टाइफुनको स्तरबाट कमजोर बनाइएको भए पनि यसले प्रतिघण्टा १४४ किलोमिटरसम्मको वेगमा हावा बहाइरहेको छ । दक्षिणी र पश्चिमी जापानका धेरै क्षेत्रमा भारी वर्षा भइसकेको छ । पूर्वानुमान अनुसार मेखाला सप्ताहन्तमा क्युसु र शिकोकु टापुतर्फ सर्ने सम्भावना छ ।

प्रशान्त महासागरमा सक्रिय अर्को उष्णकटिबन्धीय आँधी हिगोससँग यसको प्रभाव जोडिन सक्ने मौसमविद्ले बताएका छन् । दुई आँधीबिचको सम्भावित अन्तरक्रियाले ‘फुजिहारा प्रभाव’ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा आँधीको दिशा, गति र तीव्रताको पूर्वानुमान गर्न कठिन हुने मौसमविद्ले जनाएका छन् ।

प्रतिकूल मौसमका कारण जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले ओकिनावा र कागोसिमा क्षेत्रमा आउने तथा जाने गरी १२० वटा उडान रद्द गरेका छन् । यसले हजारौँ यात्रु प्रभावित भएका छन् । क्योटो क्षेत्रमा सम्भावित पहिरोको जोखिम बढेपछि हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ । सार्वजनिक प्रसारक एनएचकेले प्रसारण गरेको दृश्यमा यस क्षेत्रका नदीमा धमिलो र तीव्र बहाव देखिएको छ ।

क्योटो र ओसाकाका अधिकारीले नदीमा पानीको सतह बढ्दै गएको तथा बाढीको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरेका छन् । भारी वर्षाका कारण सडक अवरुद्ध भएपछि टोयोटाले क्युसुस्थित आफ्नो कारखानाको उत्पादन अस्थायीरूपमा रोकेको छ । निसानले पनि केही उत्पादन लाइन बन्द गर्ने तयारी गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । जापानी सेनाले मियाको टापुमा भि-२२ ओस्प्रे यातायात विमानको निर्धारित पहिलो उडान पनि स्थगित गरेको छ ।

उक्त उडान अमेरिका-जापान संयुक्त सैन्य अभ्यासको हिस्सा थियो । यसैबिच ताइवानमा पनि आँधीको प्रभाव देखिएको छ । मेखालाका कारण परेको मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिमपछि एक हजार ६०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । धेरै क्षेत्रमा विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् ।

अहिलेसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन । तर अधिकारीहरूले पूर्वी ह्वालिएन तथा दक्षिणी काओसिउङ र पिङटुङ क्षेत्रमा पहिरो र माटो बग्ने जोखिम उच्च रहेको चेतावनी दिएका छन् । मौसम निकायका अनुसार बिहीबारयता केही क्षेत्रमा ८८ सेन्टिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ । ह्वालिएनको दुर्गम क्षेत्रमा हालै बनेको अवरोध तालका कारण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने धेरै परिवारलाई घर छोड्न आग्रह गरिएको छ । प्रतिकूल मौसमका कारण ताइवानका केही रेल सेवा पनि अस्थायीरूपमा स्थगित गरिएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार