असार २९, २०८२ आइतबार July 13, 2025

जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता

चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, ११ साउन । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ ।

होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ ।

तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गरिएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ ।

यामागाताको दुईवटा नदी र अकितामा एउटा नदीमा आएको बाढीले कटान निम्त्याएको एनएचकेले प्रसारण गरेको फुटेजमा देखाइएको छ ।

“बेपत्ता व्यक्तिलाई खोज्ने अभियानमा रहेका दुई प्रहरी अधिकारीसहित तीन जना बेपत्ता छन्,” एक स्थानीय अधिकारीले एएफपीलाई जानकारी गराए ।

जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ ।

जापान मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्भावित भूस्खलन र बाढीबाट सतर्क रहन नागरिकलाई आह्वान गरेको छ ।

जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार