असार २९, २०८२ आइतबार July 13, 2025

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त-क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भिएन्ताइन, लाओस, ११ साउन । वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गरेका छन् ।

लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ्ग यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ ।

दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गरेका हुन् । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गरेका छन् ।

वाङ्ग र लाभरोभबीच बिहीबार आयोजित बैठकमा ‘दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिहरूको प्रतिरोध गर्न दुई देश सँगै काम गर्न सहमत भएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरूले युरेसियामा ‘नयाँ सुरक्षाका संरचना’ लागू गर्न पनि छलफल गरेको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताएका छन् ।

वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ,“बेइजिङ रूससँग सहकार्य गर्न तयार छ । हामी एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरूसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार