काठमाण्डाैंः वडाअध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्तामाथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
दाङको शान्तिनगर गाउँपालिका -२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोधपुछ शुरु गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई मङ्गलबार राति शान्तिनगर -२ बाट पक्राउ गरिएको थियो ।
उनीहरुको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
वडाअध्यक्ष डाँगीको काठमाण्डाैं स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया