असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस केन्द्रीय समिति बैठक स्थगितः सांसद छन्त्यालको शोकमा पार्टीको झण्डा आधा झुकाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सांसद छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो ।

विक्रम सम्बत २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मेकी ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ्ग निवासी स्व. छन्त्याल २०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य भएकी थिइन् ।

२०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेकी छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

स्व. छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आएकी थिइन् । उनको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने काँग्रेसले जनाएको छ । भोलि पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार