असार २०, २०८२ शुक्रबार July 4, 2025

‘अत्यन्त उच्चस्तरको रक्षात्मक र आक्रामक’ तयारीमा रहेको इजरायली प्रधानमन्त्रीको भनाइ

“जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम।  इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बिहीबार हमास र हिजबुल्लाहका शीर्ष नेताहरूको हत्याको प्रतिशोधको धम्की आएपछि इजरायल आफ्नो विरुद्ध कुनै पनि ‘आक्रामकता’ का लागि तयार रहेको बताउनुभएको छ ।

“इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ, हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ”, नेतान्याहुले विज्ञप्तिमा भन्नुभयो, “जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ।”

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार मङ्गलबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमान्डर फुआद शुक्रको गरेको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने धम्की दिएपछि नेतान्याहुको उक्त टिप्पणी आएको हो ।

बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले  उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

“तपाईंले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन”, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भन्नुभयो, “शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।”एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार