श्रावण १४, २०८२ बुधबार July 30, 2025

छुरा आक्रमणलाई लिएर इङ्ल्याण्डको अर्को सहरमा हुलदङ्गा

पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरु पत्ता लगाउन अनुसन्धान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरपूर्वी इङ्ल्याण्डकोे सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।

यस हप्ताको सुरुमा भएको सामुहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।

घन्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताउनुभयो ।

British police charge 17-year-old with murder over a stabbing attack that  killed 3 children | World | union-bulletin.comबिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्याण्डमको सिटी सेन्टरमा सयौंको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ ।

“हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्”, ब्यारनले भन्नुभयो ।  “अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।”

“पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरु पत्ता लगाउन अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताउनुभयो ।

“उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्”, कुपरले भन्नुभयो ।

यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो ।

प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार