असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेनलाई पहिलो एफ–१६ जेट प्राप्त

किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ  ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताउनुभएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ ।

“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उहाँले घोषणा गर्नुभयो ।

युक्रेनी त्रिशूलले ब्रान्ड गरिएका दुई खरानी रङका आंशिक रूपमा ढाकिएको एफ–१६ जस्तै देखिने अगाडि जेलेन्स्की उभिनुभएको थियो । पत्रकारहरूलाई सुरक्षाका कारण यसको खुलासा नगर्न भनिएको थियो ।

“यी विमानहरूमा निपुणता हासिल गरिरहेका हाम्रा सबै केटाहरूमा मलाई गर्व छ र पहिला नै हाम्रो मुलुकका लागि यसको प्रयोग सुरु गर्न थालिसकेका छन्”, जेलेन्स्कीले भन्नुभयो ।

उहाँले कति जेट पठाइएका थिए र ती जेटका विशिष्ट कामका बारेमा टिप्पणी गर्न अस्वीकार गर्नुभयो । यद्यपि एएफपीका पत्रकारहरूले घटनास्थलमा कम्तीमा दुई वटा एफ–१६ देखेका छन् ।

किएभका सेनाले हालैका साताहरूमा रुसी सैनिकको अग्रतालाई रोक्न सङ्घर्ष गरिरहेका बेला यो घोषणालाई सम्भवतः धेरैले स्वागत गर्नेछन् ।

लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ ।

अपर्याप्त

यद्यपि जेलेन्स्कीले अझ धेरै एफ–१६ आवश्यक रहेको बताउनुभयो । “युक्रेनमा हामीसँग जतिवटा एफ–१६ विमान छन् र जति पाइलट पहिला नै प्रशिक्षित भइसकेका छन् त्यो अनुसार पर्याप्त छैन भन्ने हाम्रा साझेदारहरूलाई थाहा छ”, उहाँले भन्नुभयो, “हामीले थप एफ–१६ को अपेक्षा गरिरहेका छौँ ।”

धेरै नाटो मुलुकले विभिन्न सङ्ख्यामा लडाकू विमानहरू आपूर्ति गर्ने वाचा गरेका छन् र महिनौँदेखि युक्रेनी  पाइलट र चालक दललाई प्रशिक्षण दिइरहेका छन् ।

जेलेन्स्कीले डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका र अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “हाम्रा केटाहरूले धेरै तालिम लिइरहेका छन् ।”

हालैका महिनाहरूमा रुसी हवाई अभियानका बीचमा राष्ट्रपति जेलेन्स्कीले सहयोगीहरूसँगको बैठकमा युक्रेनलाई राम्रो हवाई सुरक्षाको आवश्यकतालाई आफ्नो एजेन्डाको सबैभन्दा माथि राख्नुभएको छ ।

मे महिनामा एएफपीसँगको अन्तरवार्तामा जेलेन्स्कीले युक्रेनलाई रुसी वायु शक्तिसँग समानता हासिल गर्न करिब एक सय ३० वटा एफ–१६ को आवश्यकता रहेको बताउनुभएको थियो । यद्यपि युक्रेनका साझेदारहरूले अहिलेसम्म एक सयभन्दा पनि कम एफ–१६ पठाउने वाचा गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार