असार २८, २०८२ शनिबार July 12, 2025

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेना प्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन)छोडेर सुरक्षित स्थानमा जानुभएको छ ।

“प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेना प्रमुख जमानले आफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उहाँले केही बताउनुभएको छैन ।

Sheikh Hasina resigns as Bangladesh PM, flees country: Who will run the  country now? – Firstpostबङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।

“देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो।” वाकरले भन्नुभयो । “मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।”

Bangladesh Protest LIVE Updates: Sheikh Hasina Enroute To India After  Resigning, Army Takes Control

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ ।

आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । रासस / एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया