असार २८, २०८२ शनिबार July 12, 2025

बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनुस नियुक्त

नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन २३ । मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो।

प्रदर्शनकारी विद्यार्थीहरूले युनुसलाई अन्तरिम सरकारका प्रमुखका लागि प्रस्ताव गरेका थिए। नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने छन्।

युनुसले लामो समयदेखि शासन गरेकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका हुन् ।

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गरेका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा रहदै आएकी थिइन् । उनीमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उजको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा भागेर भारत पुगेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया