कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राष्ट्रपतिसामु प्रचण्डको गुनासोः पार्टी एकताका लागी अन्तिम पटक अध्यक्ष ओलीसँग छलफल गर्ने आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच शीतल निवासमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुनै संवाद हुन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहानको सहमति लागू नगरेको राष्ट्रपतिसामु गुनासो गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्ष प्रचण्डले बिहीबार बिहान ओलीसँग भएको कुराकानीबारे जानकारी गराउदै उक्त गुनासो पोखेका हुन् ।

उक्त भेटमा प्रचण्डले आफु  पार्टी एकताका लागि विभिन्न समयमा अपमान सहेर पनि यहाँसम्म आएको र अन्तिम पटक भोलि अध्यक्ष ओलीसँग छलफल गरेर पार्टी एकता कायम राख्न पहल गर्ने राष्ट्रपतिलाई आस्वस्त पारेका हुन् । उनले भने, ‘विभिन्न समयमा मैले धेरै अपमान सहेको छु । तर पनि म पार्टी एकताका लागि यहाँसम्म आइपुगे । बिहान उहाँसँगको भेटमा संसद बैठक अन्त्य नगर्ने भन्ने सहमति भएको थियो । त्यस लगत्तै उहाँले क्याबिनेट राखेर निर्णय गर्नुभयो । भोलिसम्म स्थायी कमिटी बैठक नराखौँ । मैले अन्तिम पटक पार्टी एकताका लागि पहल गर्छु ।’

अध्यक्ष दाहालले आफूसँग भएको समझदारीविपरीत ओलीले संसद अन्त्यको सिफारिस ल्याएको र राष्ट्रपतिले त्यसलाई डेढ घन्टामै सदर गरिदिएको गुनासो गरेः राष्ट्रपति भण्डारीले मुसुमुसु हाँस्दै सुनिरहिन्। राष्ट्रपतिबाट कुनै जवाफ नपाएर अपमानित भएका दाहालले प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउनुहोला भन्ने जिज्ञासामा राष्ट्रपति भण्डारीले व्यंग्यमिश्रित आवाजमा भनिन्, ‘आजै ल्याउनुहोला र ?’

दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिलाई तत्काल पारित नगर्न आग्रह गर्न पुगेका दाहाल शीतलनिवासबाट अपमानित भएर बालुवाटार फर्के लगत्तै स्थायी समिति बैठक फेरि सुचारु गरेर उपस्थित नेताहरुलाई सुनाए । आफूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राजनीतिक संकट आउने कुनै पनि कदम नचाल्न आग्रह गरेको प्रचण्डले स्थायी समिति बैठकमा बताएका हुन् । उनले बैठकमा भने, ‘मैले प्रधानमन्त्रीजी र राष्ट्रपति महोदयलाई राजनीतिक संकट निम्तिने कदम नचाल्न आग्रह गरेको छु । उहाँहरुले पनि अहिले अध्यादेश नआएको बताउनु भएको छ ।’

यस अघि बिहाबार बिहानै प्रधानमन्त्री ओलीलेपनि राष्ट्रपतिसँग परामर्श गरेका थिए । आजको नेकपा स्थायी समिति बैठक पनि कुनै छलफल नगरी केही बेरमै स्थगित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार