असार २८, २०८२ शनिबार July 12, 2025

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाकोे मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।

दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो ।

लगभग ७६ हजार जनसङ्ख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।

साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भन्नुभयो, “पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको छ र यो रातभरि जारी रहनेछ ।”

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गर्नुभएको छ ।

भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ ।

ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार