असार २९, २०८२ आइतबार July 13, 2025

टापु अमेरिकालाई नदिँदा सरकार ढालियो, जनता कट्टरपन्थीको भ्रममा नपरुन् – हसिना

अमेरिकी नियन्त्रणमा सेन्ट मार्टिन टापु र बंगालको खाडी दिएर मैले आफ्नो कुर्सी जोगाउन सक्थें

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक सातापछि शेख हसिनाले आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् ।

भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको बताएकी छन् ।

इकोनोमिक टाइम्सका अनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूभनेको उदृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ- ‘म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्न दिन चाहन्नथें । उनीहरू विद्यार्थीहरूको शवबाट शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले छोडेर त्यो हुन दिइन । अमेरिकी नियन्त्रणमा सेन्ट मार्टिन टापु र बंगालको खाडी दिएर मैले आफ्नो कुर्सी जोगाउन सक्थें । म देशवासीलाई कट्टरपन्थीबाट भ्रममा नपर्न अपील गर्छु । अल्लाहको कृपाले छिट्टै बंगलादेश फर्कनेछु ।’

विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दै हसिनाले भनकी छन्- ‘मैले उनलाई रजाकार भनेकी थिइनँ । मेरो शब्दलाई देशमा अस्थिरता ल्याउन गलत अर्थ लगाइयो । बंगलादेशका जनताको निर्दोषताको फाइदा उठाएर यो षड्यन्त्र रचिएको हो ।’

राजीनामा दिएपछि हसिनाले यस विषयमा कुनै बयान दिएको यो पहिलो पटक हो । यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरिएको थियो । अमेरिकाले यहाँ सैन्य आधार बनाउन चाहन्छन् । यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताएका थिए ।

बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल छ । जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार