असार २९, २०८२ आइतबार July 13, 2025

बंगलादेशका राजनीतिक दलले सरकार प्रमुख युनुसलाइ भने, ‘निर्वाचनकाे बातावरण बनाउनुहाेस्’

अगस्त ८ मा  सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, २९ साउन । बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनकाे बातावरण बनाउन सरकार प्रमुख माेहम्मद युनससँग अाग्रह गरेका छन् ।

राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका  वरिष्ठ नेताहरुबीच भएको भेटमा साे अनुराेध गरिएकाे हाे ।

बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका छन् ।  उनले भने, ‘हामीले यो अन्तरिम सरकारलाई निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएका छौं । मिर्जा फखरुलले वर्तमान अन्तरिम सरकारका सबै काम कारवाहीमा आफ्नो पार्टीले पूर्ण सहयोग गरिरहेको बताए ।

बैठकमा बिएनपीका स्थायी समिति सदस्य खन्दकर मोसर्रेफ हुसेन, मिर्जा अब्बास, डा अब्दुल मोइन खान, नजरुल इस्लाम खान, सलाहुद्दीन अहमद, अमिर खसरु महमुद चौधरी, सेलिमा रहमान र जमिरुद्दीन सिरकार पनि सहभागी थिए ।

विद्यार्थी नेतृत्वको जनआन्दोलनको सामना गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

अगस्त ८ मा  सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट हो ।

तर उनीहरुले यसअघि नै निर्वाचनको उचित वातावरण बनाउन समय लाग्ने बताएका थिए । ‘हामीले समय दिएका छौं,’ उनले भने, ‘आगामी पुस्ताको निर्वाचनको व्यवस्था गर्न बिएनपीले कुनै निश्चित समयावधि तोकेको छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार