असार २९, २०८२ आइतबार July 13, 2025

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले दिएन अन्तरिम जमानत

सर्वोच्चका न्यायाधीश सूर्य कान्त र उज्जल भुयानको इजलासले अन्तरिम जमानत दिन मानेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

केजरीवालकी श्रीमती सुनिता केजरीवालले दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिँदै गत सोमबार सर्वोच्चमा अन्तरिम जमानतको मागसहित मुद्दामा सर्वोच्चले जमानत दिन अस्वीकार गरेको हो ।

सो मुद्दामा बुधबार सर्वोच्चका न्यायाधीश सूर्य कान्त र उज्जल भुयानको इजलासले अन्तरिम जमानत दिन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री केजरीवालका वकिलले स्वास्थ्यको कारण देखाउँदै अन्तरिम जमानतको माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम जमानत दिन नसक्ने बताएको हो ।

यो मुद्दाको विषयलाई लिएर सर्वोच्चले सीबीआईलाई नोटिस जारी गर्दै जवाफसमेत मागेको छ । सीबीआईलाई अगस्त २३ सम्ममा जवाफ पेस गर्न भनिएको छ । त्यही दिन अर्को सुनुवाइको मितिसमेत तोकिएको छ ।

मदिरा नीति घोटाला प्रकरणमा गत मार्च २१ मा मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो । जसमा उनलाई सर्वोच्चले अन्तरिम जमानत दिएको थियो । तर, जुन २६ मा केजरीवाललाई सीबीआईले सोही मुद्दामा पक्राउ गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार
आर्थिक पारदर्शितामा विश्वास गर्दै फिफाबाट एन्फालाई पुनः स्वतन्त्र फन्डिङ
२०८२ असार २९, आइतबार
नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प
२०८२ असार २९, आइतबार
प्याज भण्डारणमा स्थानीय प्रविधि
२०८२ असार २९, आइतबार
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण
२०८२ असार २९, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार