बैसाख ८, २०८३ मंगलबार April 21, 2026

पार्टी कार्यालय धुम्बाराहीमा नेकपा युवा नेताको धर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताले एकता कायम राख्नुपर्ने भन्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

पार्टीका शीर्ष नेताबीच विवाद चुलिएपछि पार्टी एकतालाई जोगाउनका लागि आज दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा धर्ना दिनुभएको हो ।

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा देखिएका समस्या समाधान गर्न नेतृत्वलाई दबाब दिनका लागि भेला आयोजना गरिएको बताउनुभयो । “पार्टी विचार र कार्यदिशामा फरक नआइकन पार्टी फुट्नु हुँदैन”, उहाँले भन्नुभयो, “तर अहिले पार्टीभित्र विचार र कार्यदिशामा फरक देखिएको छैन, त्यसैले पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने सन्देश दिन धर्ना गरिएको हो ।”

उहाँले पार्टी नीति र विधिबाट चलाउन दबाब दिनका लागि पनि भेला भएको बताउनुभयो । विसं २०७५, जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको हो ।

पार्टी एकता पूरा नभई एकता प्रक्रिया नै रोकिन थालेपछि पार्टी एकता कायम हुनुपर्ने भन्दै धर्ना दिइएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँले अहिले पार्टी विभाजन आवश्यकता नरहेको भन्दै पार्टी एकतामा आफूहरुको जोड रहेको बताउनुभयो । उहाँले पार्टीभित्रको समस्या पार्टीभित्र नै समाधान गर्नसमेत नेतृत्वलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार शनिबार पुनः २ः०० बजे पार्टी एकता कायम राख्नका लागि धर्ना दिइने छ । धर्नामा डा विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत २२ केन्द्रीय सदस्यको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार