भाद्र १३, २०८३ शनिबार August 29, 2026

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट

प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, १३ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि समानुपातिक र आवश्यकताका आधारित बजेट विनियोजन गरिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनमा उहाँले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरी शिक्षा प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सरकारले अभिभावकको सहजता र विद्यार्थीलाई पुषणयुक्त खाजासहित प्रभावकारी रूपमा शिक्षा प्रदान गर्न अगाडि सारेका योजनामा साथ दिन सबैको जिम्मेवारी भएको धारणा राख्नुभयो । उहाँले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ । त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रमा बजेटको असमान वितरणका कारण समानुपातिक विकास हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यस्तो अवस्था अन्त्यका लागि पहलकदमी लिने बताउनुभयो ।

“कतै आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव हुने असमान अवस्थालाई अन्त्य गर्नुपर्नेछ । अब त्यसरी बजेट वितरण हुनुहुँदैन । आवश्यकता र औचित्यका आधारमा समानुपातिक विकासमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रहसमेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
२०८३ भाद्र १३, शनिबार
त्रिवि र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार
रसुवाको त्रिशूली थ्रीए र तुप्चे टावरबाट टेलिकम सेवा पुनः सञ्चालन
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीः सरकारलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसको नौ बुँदे ध्यानाकर्षण
२०८३ भाद्र १३, शनिबार
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १३, शनिबार