असार २८, २०८२ शनिबार July 12, 2025

भारतको जम्मू कश्मीर र हरियाणामा बिधान सभा निर्वाचनको मिति घोषणा

हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको निर्वाचन आयोगले हरियाणा र जम्मू कश्मीरमा हुने विधानसभा चुनावको मिति घोषणा गरेको छ ।

निर्वाचन आयोगले जम्मू कश्मीरमा सेप्टेम्बर १८, सेप्टेम्बर २५ र अक्टोबर १ मा तीन चरणमा मतदान हुने जनाएको छ। त्यस्तै हरियाणामा अक्टोबर १ मा मतदान हुँदैछ। दुवै राज्यको मतगणना अक्टोबर ४ मा हुनेछ।

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले यस पटक जम्मू कश्मीरमा ९० विधानसभा सीट हुनेछन् ।  निर्वाचन आयोगले यस वर्ष जम्मू कश्मीर विधानसभामा ३ सिट बढेको जनाएको छ । पछिल्लो पटक जम्मु कश्मीर विधानसभामा ८७ सिट थिए ।

हरियाणा विधानसभाको कार्यकाल ३ नोभेम्बरमा सकिँदैछ । सर्वोच्च अदालतले सेप्टेम्बर ३० अघि जम्मु कश्मीरमा चुनाव गराउन आदेश दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया