असार २८, २०८२ शनिबार July 12, 2025

नाइजेरियाली सेनाद्वारा एक हप्तामा १४७ भन्दा बढी आक्रमणकारीको हत्या

११३ पीडितको उद्धार गरेको र ७४ वटा विभिन्न हतियार र ३ हजार ४९८ गोलाबारुद पनि बरामद गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत हप्तामा नाइजेरियाभरि देशको सेनाले विभिन्न आतङ्कवाद विरोधी अभियानहरूमा १४७ भन्दा बढी सन्दिग्ध बन्दुकधारी मारिएका छन् । सेनाले देशलाई आपराधिक तत्त्वहरूबाट मुक्त गर्ने अभियानलाई निरन्तरता दिँदा अपरेसनका क्रममा कम्तीमा ३८१ जना पक्राउ परेका थिए ।

सेनाका प्रवक्ता एडवर्ड बुबाले देशको राजधानी अबुजामा यस अवधिमा सेनाले अपहरणमा परेका कम्तीमा ११३ पीडितको उद्धार गरेको र ७४ वटा विभिन्न हतियार र ३ हजार ४९८ गोलाबारुद पनि बरामद गरेको बताए।

देशका अन्य भागहरूमा हाम्रो चलिरहेको अपरेसनहरूमा शत्रुहरू लुकेका ठाउँहरू खोजिरहेको बताए । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया