कार्तिक १५, २०८३ आइतबार November 1, 2026

सडक विभागका इन्जिनियरविरुद्ध अख्तियारद्धारा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका आचार्य हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेका थिए । पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा दुई करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुलेपछी विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अख्तियारले उनकी पत्नी रिता खनाल आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।

प्रेस विज्ञप्ति
 
सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले सडक विभाग अन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव-ओभरसियर पदमा मिति २०४१/०६/१२ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी मिति २०४३/०३/२१ मा ओभरसियर पदमा स्थायी नियुक्ति पश्चात् विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै मिति २०६४/१०/०१ मा इन्जिनियरमा पदोन्नति भएका निज डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेको देखियो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात निज भरतराज आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आयो ।

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज भरतराज आचार्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. २,०७,७९,९८६।–(दुई करोड सात लाख उनासी हजार नौ सय छयासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ भने अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा निज भरतराज आचार्यले रु. ५,२९,४२,४६६।– (पाँच करोड उन्तीस लाख वयालीस हजार चार सय छैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिंदा निजको आयको अनुपातमा रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

साथै, सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानुनी रुपमा निज भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार