असार २८, २०८२ शनिबार July 12, 2025

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी विस्फोट

ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रुसमा शक्तिशाली भुकम्पको धक्कापछि ज्वालामुखी विस्फोट भएको छ । समाचार संस्थाहरुका अनुसार रुसको पूर्वी तट नजिकै ७ रेक्टरस्केलको भूकम्प गएको हो ।

रुसी सरकारी संचार माध्यमका अनुसार भूकम्पपछि सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा ज्वालामुखी पनि विस्फोेट जनाएका छन् ।

रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया