असार ६, २०८३ शनिबार June 20, 2026

तीनै दलका नेतृत्वले संघीयता कार्यान्वयनमा खासै चासो दिएनन्  : पूर्वसभामुख, दमननाथ ढुङ्गाना (अन्तवार्ता)

पूर्वतयारी नहुँदा कतिपय विधेयक हतारमा पठाइन्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसद्लाई पटकपटक बिजनेसविहीन किन बनाइन्छ ?

संसद्लाई सरकारले नै बिजनेस दिनुपर्ने हो । सरकारले दियो भने बिजनेसको अभाव हुँदैन । यसका लागि कुन अधिवेशनमा कुन–कुन ऐन बनाउने भन्ने प्रस्ट पूर्वतयारी गर्नुपर्छ । यस्तो गर्न सकियो भने व्यवस्थित विधेयक बन्न सक्छ । समितिमा पनि पर्याप्त छलफल गरी निर्णय लिन सकिन्छ । पूर्वतयारी नहुँदा कतिपय विधेयक हतारमा पठाइन्छन् ।

समितिमा पनि हतारहतारमै छलफल हुन्छ । हतारहतारमै पारित गरिन्छ । यस्ता विधेयक प्रायः कमजोर हुन्छन् । संसद्लाई बिजनेस दिने विषयमा हाम्रो संस्थागत चेतनाको विकास हुनै सकेको छैन । हाम्रो गणतन्त्र नै कमजोर संस्थागत आधारमा अडिएको छ । हाम्रो नेतृत्वमा राजनीतिक संस्कृतिको विकास हुनै सकेको छैन । यसले गर्दा पनि संसद् बिजनेसविहीन हुने गर्छ ।

यसले संघीयता कार्यान्वयनमै जटिलता ल्याउँदैन ?

नयाँ संविधान निर्माण गर्ने तीन ठूला दलहरू पटक–पटक सरकारमा गएका छन् । तर, तीनै दलका नेतृत्वले संघीयता कार्यान्वयनमा खासै चासो दिएका छैनन् । संविधान सम्पूर्ण व्यवस्था उनीहरूकै सहमतिमा राखिएका हुन् । कहाँ के–कस्ता समस्या छन् र कहाँ के आवश्यक छ भन्ने उनीहरूलाई थाहा नभएको होइन । तैपनि, संघीयता कार्यान्वयनमा सघाउने महत्वपूर्ण विधेयकहरू रोकेर उनीहरूले संघीयतामाथि नै घात गरिरहेका छन् ।

हरेक सरकार संसद्लाई बिजनेस दिनबाट किन तर्किन्छन् ?

सरकारको ध्यान अर्कैतिर हुन्छ । संसद्मा उठेका प्रश्नबाट आफूलाई ‘डिफेन्ड’ गर्ने र आफ्नो अधिकार सकभर तलतिर दिन नचाहने प्रवृत्ति सरकारमा देखिन्छ । संविधानतः प्रदेश या स्थानीय तहलाई अधिकार दिँदैनौँ भन्न मिल्दैन । तैपनि, त्यसलाई विभिन्न बहानामा अल्झाउने केन्द्रीकृत मानसिकताले यसमा काम गरिरहेको छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
२०८३ असार ६, शनिबार
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार