असार २८, २०८२ शनिबार July 12, 2025

इटालीमा आँधीका कारण डुङ्गा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता

उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन् ।

सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो ।

उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् ।

इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार बिहान ५:०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।”

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र वेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ ।

यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, “पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन ।”

यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो । कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।

डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।

सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुङ्गा हो । ‘बोट इन्टरनेसनल’को वेबसाइटका अनुसार यसमा ११.५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५.५ नटिकल माइलसम्म पुग्न सक्छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार