असार २८, २०८२ शनिबार July 12, 2025

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि

ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले गरे अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् ।

‘इरानले सामाजिक ईन्जिनियरिङ् र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरू मार्फत यो गर्ने प्रयास गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस अघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक संचार ह्याक गरेको बताएको थियो । यद्यपि ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया