मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लेबनानविरुद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु

हिजबुल्लाह र उसका सहयोगीहरूले आफ्नो सहयोगी हमासको समर्थनमा इजरायलविरूद्ध नियमित आक्रमण गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिदोन (लेबनान), ५ भदौ । लेबनानको दक्षिणी सहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।

इजरायल र लेबनानको हिजबुल्लाह आन्दोलनबीच १० महिनाभन्दा बढी समयदेखि जारी सीमापार झडपमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको फताहविरूद्ध भएको यो पहिलो आक्रमण हो ।

गाजाको प्यालेिस्टनी इस्लामी शासक हमासलाई टक्कर दिने समूहका एक वरिष्ठ सदस्य फाथी अबु अल–अरादातले भन्नुभयो, “सिदोनमा इजरायलले गरेको आक्रमणमा फतह समूहका अधिकारी खलील मकदाहको मृत्यु भएको छ ।

लेबनानको एक सुरक्षा स्रोतले एएफपीलाई घटनाबारे पुष्टि गर्दै उहाँको कारमा ड्रोन आक्रमण भएपछि उहाँको मृत्यु भएको बताएको छ । घटनास्थलमा रहेका एएफपी संवाददाताका अनुसार प्यालेस्टाइनको ऐन अल–हेल्वेह र मिह–मिहको शिविर नजिकै एउटा कारलाई ठक्कर दिइएको थियो ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार मकदाहको कारमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो । फताहको सशस्त्र शाखा अल अक्सा सहिद ब्रिगेडको लेबनानी शाखाका प्रमुख मौनीर मकदाहले सञ्चारमाध्यम अल मायादीनसँग ‘आफ्ना भाइ’ खलीलको हत्या भएको बताउनुभएको छ ।

खलील अल–अक्सा शहीद ब्रिगेडका कमान्डर रहेको मकदाहले बताउनुभयो । प्यालेस्टिनी लडाकू समूहले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि गाजा युद्ध चर्किएपनि हिजबुल्लाह र उसका सहयोगीहरूले आफ्नो सहयोगी हमासको समर्थनमा इजरायलविरूद्ध नियमित आक्रमण गर्दै आएका छन् ।

तर फताहले लेबनानबाट इजरायलमाथि कुनै पनि आक्रमणको घोषणा गरेको छैन न त लेबनानमा इजरायली आक्रमणमा मारिएका सदस्यहरूप्रति शोक व्यक्त गरेको छ ।

सन् २००६ को चुनावमा हमासको शानदार विजयपछि भएको घातक भिडन्तपछि हमासका लडाकुहरूले गाजा पट्टीबाट फताहलाई बाहिर निकालेपछि हमास र फताह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

फताहले प्यालेस्टिनी प्राधिकरणको नेतृत्व गर्छ, जसको इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै
२०८३ मंग्सिर ३, बिहिबार
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार