असार २८, २०८२ शनिबार July 12, 2025

मालीमा राष्ट्रिय विपत्तिको घोषणा

देशभरका करिब सात हजार ७७ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित वा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीको सङ्क्रमणकालीन सरकारले स्थानीय समय अनुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरूमा भारी वर्षाका कारण आएको बाढीपछि ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको जनाएको छ ।

गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित वा प्रभावित भएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को असाधारण बैठकको अन्त्यमा जारी गरिएको निर्णयअनुसार सङ्क्रमणकालीन राष्ट्रपति असिमी गोइटाले यस ‘प्राकृतिक विपत्ति’सँग जुध्न सरकारलाई करिब ६८ लाख अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
सुरक्षा तथा नागरिक सुरक्षा मन्त्री दाउद अली मोहम्मदिनले सञ्चारमाध्यमसँग भन्नुभयो , “राष्ट्रिय विपत्तिको अवस्था ‘एउटा धेरै महत्त्वपूर्ण निर्णय’ हो ।

यसले “विभिन्न विपत्तिहरूको सामना गर्ने सबै मानिसहरूको सहायता र सुरक्षाको सन्दर्भमा राज्यको सबै स्रोतहरू परिचालन गर्न अनुमति दिन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया