मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एयर फ्रान्सले तेल अभिव र बेरुतका उडानहरू सोमबारसम्म निलम्बन गर्ने

दुवै गन्तव्यका लागि सेवा पुनः सुरु गर्न सुरक्षा स्थितिको नयाँ आकलनको परिणाममा निर्भर रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, ९ भदौः इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धाति उडानहरू निलम्बन गरेको छ ।

फ्रान्सेली वाहक एयर फ्रान्सका प्रवक्ताले भन्नुभयो, “आज र भोलि उडानहरू निलम्बन गरिएका छन् ।” उहाँले मध्यपूर्वको अवस्थाको आधारमा निलम्बनलाई विस्तार गर्न सकिने बताउनुभयो ।

सामान्यतया दुवै सहरका लागि दैनिक सेवा सञ्चालन गर्ने एयर फ्रान्सले पहिला नै जुलाई २९ देखि अगस्ट १५ को बीचमा बेरुतका लागि उडानहरू रोकेको थियो तर तेल अभिवका लागि उडानहरू जारी राखेको छ ।

दुवै गन्तव्यमा सेवा दिने एयर फ्रान्सको सहायक कम्पनी ट्रान्सभियाले पनि आफ्ना उडानहरू रोकेको प्रवक्ताले जानकारी दिनुभयो ।

दुवै गन्तव्यका लागि सेवा पुनः सुरु गर्न सुरक्षा स्थितिको नयाँ आकलनको परिणाममा निर्भर रहने एयर फ्रान्सले बताएको छ ।

जर्मन एयरलाइन्स लुफ्थान्साले शुक्रबार उसको बेरुत उडानको निलम्बनलाई सेप्टेम्बरको अन्त्यसम्म बढाएको छ । एयरलाइन्सले सेप्टेम्बर २ सम्म तेल अभिव र तेहरानका लागि उडान नभर्ने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै
२०८३ मंग्सिर ३, बिहिबार
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार