श्रावण १७, २०८३ आइतबार August 2, 2026

अध्यक्षद्वयबिचको वार्ता विना निश्कर्ष टुंङ्गियोः सोमबार पुनः छलफल गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  बालुवाटारमा भइरहेको बार्ता सकिएको छ।

नेकपाको आन्तरिक विवाद  मिलाउन मध्यान्ह १२ बजेदेखी शुरु भएको बैठक झण्डै दुई घण्टासम्म चलेको थियो ।

बैठकमा अध्यक्षद्वयबीच सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको वार्तामा सहभागी एक नेताले बताए

सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।

बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अरू नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र पूर्वमन्त्री जनार्दन शर्मा छलफलमा सहभागी रहेको नेकपाका एक नेताले जानकारी दिए।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन प्रचण्डसहित शीर्ष नेताले आग्रह गरेपछि नेकपाभित्रको विवाद केही दिनदेखी विवादमा परेको छ।

अध्यक्षद्वयबिच भएको वार्ता सकिएर प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् भने ओली निकट नेताहरु बालुवाटारमा बसेरै आन्तरिक छलफल जारी राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार