असार २८, २०८२ शनिबार July 12, 2025

इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार

सन् २०१३ अक्टोबर ७ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेशनमार्फत मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इजरायल, भदौ १२ गते । इजरायली सेनाले दक्षिणी गाजापट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ ।

सन् २०१३ अक्टोबर ७ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेशनमार्फत मुक्त गरिएको आठौं बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुनुहुन्छ । उहाँ भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि हुनुहुन्छ ।

सेनाले अल्कादी दक्षिणी इजरायलको राहात शहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका हुनुहुन्थ्यो । किबुत्जमा हमासको आक्रमणको क्रममा उहाँको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो ।

अक्टोबर ७ हमासको हमलामा करिव्ब २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया