असार २८, २०८२ शनिबार July 12, 2025

माल्दिभ्समा ‘आर्थिक कू’ को प्रयास भएको राष्ट्रपति मुइज्जुको आरोप

माल्दिभ्सका राष्ट्रपतिले संविधानले दिएको हरेक शक्तिको प्रयोग सरकारलाई ढाल्न रोक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मुइज्जुले विपक्षीमाथि ‘आर्थिक कु’ प्रयास गरेको आरोप लगाएका छन् । उनले आफ्नो सरकार ढाल्ने षड्यन्त्रमा संलग्नलाई कानुनी कारबाही गरिने बताए ।

आइतवार, बैंक अफ माल्दिभ्सले डेबिट र क्रेडिट कार्डहरूको लागि विदेशी मुद्रामा लेनदेन रोकेको थियो । बैंकले गोल्ड क्रेडिट कार्डको सीमा पनि घटाएर १०० अमेरिकी डलर गरेको छ । यो निर्णयले देशमा मुद्रास्फीति र आर्थिक स्थायित्वमा खतरा पैदा गरेको भन्दै मुइज्जु सरकारले यस निर्णयलाई तुरुन्तै फिर्ता लियो । अहिले मुइज्जुले यसलाई ‘कु’ प्रयास भनेका छन् ।

\राष्ट्रपतिले सरकार ढाल्ने कुनै पनि प्रयासलाई रोक्ने दाबी गर्दै सरकार ढाल्ने कुनै पनि प्रयासलाई रोक्ने दाबी गरे । बैंकको निर्णयबारे प्रहरीले अनुसन्धान थालेको मिडिया रिपोर्टमा उल्लेख छ । राष्ट्रपति मुइज्जुले सोमबार राति भएको पार्टी बैठकमा आफूलाई जानकारी नदिई बैंकले यस्तो निर्णय गरेको बताए ।

माल्दिभ्सका राष्ट्रपतिले संविधानले दिएको हरेक शक्तिको प्रयोग सरकारलाई ढाल्न रोक्ने बताएका छन् । प्रहरीले अनुसन्धान थालेको मुज्जुले बताए । सरकारले छानबिनमा कुनै प्रभाव पार्ने छैन । छानबिनपछि फैसला सुनाइनेछ । दोषीलाई जेल पठाइने बताइएको छ ।

बीएमएल सरकारी बैंक हो र यसमा सरकारको शेयर ६२ प्रतिशत छ । बैंकका संचालक ९जना मध्ये ४ जना सञ्चालक सरकार पक्षका छन् । बाँकी ५ सञ्चालक भने सरकारको विपक्षका छन् । माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति लगभग सकिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जुलाई २०२४ सम्म, माल्दिभ्सको विदेशी मुद्रा भण्डार ३८८.४१ मिलियन डलर थियो । माल्दिभ्स मौद्रिक प्राधिकरण (एमएमए) ले यो अवस्था यस्तै रह्यो भने अगस्टअघि नै देशमा रहेको डलर सञ्चिति समाप्त हुने आशंका व्यक्त गरेको थियो ।

माल्दिभ्सको अखबार द एडिसनका अनुसार प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का अध्यक्ष फैयाज इस्माइलले मुइज्जुको दाबीलाई हास्यास्पद भनेका छन् । उनले पार्टीभित्रको समस्या रहेको बताए । मुइज्जुको सरकार ढाल्ने काम बाहिरबाट होइन, पार्टीभित्रैबाट हुने हो । आगामी दिनहरूमा हामी यो भइरहेको देख्नेछौं ।

केन्द्रीय बैंक नियन्त्रण गर्ने राष्ट्रपतिले आफूलाई दोष दिइरहेको इस्माइलले बताए । उनले भनेका छन्- ‘यो बैंकको विश्वसनीयतामा ठूलो प्रश्न हो । यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको बीचमा बैंकप्रतिको विश्वास कम हुनेछ । देशका जनता भोकमरीको अवस्थामा पुगेको महसुस गरेको इस्माइलले बताए । सरकारसँग आफ्नो गल्ती सच्याउने मौका छ । तर राष्ट्रपति मुइज्जुको जिद्दी र उनको तानाशाही मनोवृत्तिका कारण यो विषय हातबाट बाहिर गइरहेको छ । मुइज्जुले आफ्नो मानसिक सन्तुलन गुमाइरहेका छन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार