भाद्र २७, २०८३ शनिबार September 12, 2026

नेकपा फुटे कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन ४४ सांसद आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपाभित्रको विवादले पार्टी विभाजनतर्फ जाने खतरा बढ्दै जाँदा नयाँ प्रधानमन्त्री बनाउन संसद्को गणितीय हिसाबकिताब गर्न थालिएको छ ।

प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले पार्टी विभाजनको मोड लिएमा सो दलका सांसद कसरी बाँडिन्छन्, सरकार पनि त्यसै अनुरुपको बन्नेछ ।

तत्काल प्रधानमन्त्रीको निर्वाचन भएमा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका पाँच सांसदले मतदान गर्न पाउँदैनन् । प्रतिपक्ष कांग्रेसका विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम तथा जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित अवस्थामा छन् ।

हालै कांग्रेसकी ज्ञानकुमारी छन्त्यालको निधन भएपछि २ सय ७० जना सांसदले मात्र प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न पाउनेछन् । प्रतिनिधिसभामा तत्काल कायम सदस्यको बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ सांसद छन् । पार्टी विभाजन भएमा यीमध्ये को कतातिर लाग्छ, त्यसले महत्वपूर्ण भूमिका खेल्नेछ । हाल प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका ६० सांसद र जनता समाजवादी पार्टीका ३२ सदस्य कायम छन् । नेकपा विभाजन भएमा त्यसका दुईमध्ये कुनै पनि समूहले सरकार बनाउन कांग्रेस र मधेसी दुवै दलको आवश्यकता पर्न सक्छ ।

कांग्रेस र मधेसी दललाई समेटेर सरकार बनाउने हो भने नेकपाबाट ४४ सांसद आवश्यक पर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार