असार २८, २०८२ शनिबार July 12, 2025

सानसान जापानको कागोसिमामा अवतरण

कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, १३ भदौ । जापानमा आएको शक्तिशाली आँधी सानसानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार जनाएको छ ।

यस वर्षको १० औँ आँधी, सानसानलाई ‘धेरै शक्तिशाली’ आँधीका रूपमा वर्गीकृत गरिएको छ । जापान मौसम विज्ञान निकायले लगभग १५ किलोमिटर प्रति घण्टाको गतिमा सत्सुमासेन्डाई सहर नजिकै उत्तरतर्फ अघि बढिरहेको छ ।

चक्रवात स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेसम्म उत्तरमा ३१.५५ डिग्री उत्तरी अक्षांश र १३०.०५ डिग्री पूर्वी देशान्तरमा सरेको र यसको गति १५ किलोमिटर प्रति घण्टा रहेको छ ।

हावाको गति र प्रभावित क्षेत्रहरूबारेको पूर्वानुमान धेरै हदसम्म अपरिवर्तित रहेको जेएमएले जानकारी गराएको छ ।

दक्षिणी क्युसुमा यस अघि नै अत्यधिक बर्षा भएको छ जेएमएले कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी गरेको छ ।

बासिन्दाहरूलाई पछिल्लो चक्रवातबारे जानकारीलाई अद्यावधिक गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार