असार २६, २०८२ बिहिबार July 10, 2025

शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई माधव नेपालको आग्रह

नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सबै निकायले ध्यान दिनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १५ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारलाई सो सुझाव दिएका हुन् । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र संवद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए । विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए।

उनले भने, ‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भईराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भिर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो रु दक्ष जनशक्ति तयार गर्ने हो रु योग्य जनशक्ति तयार गर्ने हो रु अब कुनकुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौ रु त्यो हामी अगाडि सार्दैनौं ।

त्यो सबै सन्दर्भमा पनि हामीले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ । त्यसका लागि युनिभर्सिटीले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई सुधार्नुपर्ने कुराहरु, विश्वविद्यालयले आफ्नो अनुशासनलाई टाईड बनाउनुपर्ने कुराहरु, परीक्षा समयमा तयार नगर्ने, तयार भएपछि समयमा नछाप्ने, त्यसपछि समयमा इक्ज्यामिनेशन नहुने, इक्ज्यामिनेशनका कपीहरु नै सुरक्षित नहुने, समयमा त्यो कपीको जाँच नहुने, रिजल्ट प्रकाशित नहुने, समयसीमाप्रति गम्भिर नहुने, यस्ता खालको अनेक जुन समस्याका पाटाहरु आएका छन् । अपारदर्शीका पाटादेखि अनेक समस्याहरु आएका कुरा म तपाईहरुको बीचमा खुला विमर्शहरु होस ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार