असार ५, २०८३ शुक्रबार June 19, 2026

‘लकडाउनले ४ महिना समस्या पार्दैमा घुँडा टेक्दैनौं’-विरेन्द्र बहादुर बस्नेत, बुद्ध एयरका प्रबन्ध निर्देशक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लकडाउनका कारण हवाईउद्योगमा ठूलो समस्या आइपरेको छ । यो समस्यालाई सम्बोधन गर्न तपाइँहरूले कस्तो रणनीति बनाउनुभएको छ?  

कोरोना भाइरसका कारण संसारका कतिपय हवाई कम्पनीहरू बन्द हुने अवस्थामा पुगेका छन्। हवाई सेवाबाट लाखौंको रोजगारी हनन भएको छ। खरबौं रुपैयाँको आर्थिक नोक्सानी भएको छ। कोरोनाको खोप बनेर प्रचुर मात्रामा खोप नलगाएसम्म सजिलो हुँदैन। सन् २०२२ पछि मात्र हवाईउद्योग सामान्य बन्छ होला!

अहिले संसारभरको ट्रेण्ड हेर्दा आन्तरिक उडान नर्मल हुने देखिन्छ। हामी यात्रुलाई हाम्रो उडानबाट संक्रमण सर्दैन भनेर आश्वस्त पार्दै सस्तोमा उडाउँछौं। अब अलि सस्तो भाडा दर पनि चाहिन्छ। साँगुरो, गाह्रो त हुन्छ नै, लकडाउन खुलेपछि डुबिहालिन्छ जस्तो लाग्दैन।

हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौं लगाएर सडक यात्रा किन गर्लान् र?  

सरकारले बनाएको पर्यटन सुरक्षा निर्देशिकाअनुसार तपाईहरू उडान भर्न सक्नुहुन्छ ?

हामीले सरकारसँग पूर्व सर्तहरू राखेका छौं। हामीले हाम्रो क्षमताअनुसार यात्रु उडाउनु पाउनु पर्छ। हामीले यात्रु र कर्मचारीका लागि प्रतिरक्षात्मक निर्देशिका बनाएका छौं। जहाजमा संक्रमित यात्रुहरू पनि हुन सक्छन् किनकि संक्रमितमा लक्षण नदेखिएको अवस्था छ। तिनले अरूलाई फैलाउनबाट कसरी रोक्न सकिन्छ भनेर हामी सर्तक छौं। जहाजभित्र सामाजिक दूरी कायम गर्न सकिन्न, गन्तव्यबाट आएका यात्रुलाई क्वारेन्टिन भन्न मिल्दैन। स्थानीय सार्वजनिक यातायात सञ्चालन हुनुपर्छ। होटल व्यवसाय खुल्नुपर्छ। कन्ट्याक्ट ट्रेसिङ म्यानुअल सिस्टममा होइन, सफ्टवेयरमा लानुपर्छ। दिनको बिसौं हजार म्यानुअल फर्म भरेर हामीले कहाँ लगेर राख्ने? त्यसैले सरकारलाई हामीले म्यानुअल फर्म राख्नु हुँदैन भनेका छौं। हाम्रा पूर्व सर्तहरू सरकारले पूरा गर्नुपर्छ। अहिलेको अनुमानमा अगस्ट १ देखि आन्तरिक उडान सुरु होला भन्ने छ।

यात्रुहरू कसरी ढुक्क भएर जहाज चढ्ने वातावरण बन्ला?  

हामीले लकडाउनमा व्यावहारिक अभ्यास गरिरहेका छौं। हामीले हाम्रा कर्मचारी र यात्रुका लागि पनि सुरक्षा निर्देशिका बनाएका छौं। त्यो हामी जारी गर्दैछौं। यात्रुले पनि समयमै आउनुप-यो। मास्क लगाउनुप-यो। हामी बिरामी यात्रुलाई लिँदैनौं। रुघाखोकी लागेका वा अन्य बिरामीलाई जहाजमा चढाउँदैनौं। हयाण्ड ब्यागेज सुविधा पनि दिँदैनौं। हामी यात्रुलाई मास्क मात्र होइन, भाइजर पनि दिँदैछौं। हात स्यानिटाइज गराउँछौं। हामीले हाम्रा सबै कर्मचारीलाई तालिम दिएका छौं। त्यसैले हाम्रो उडानमा कसैलाई संक्रमण हुन दिँदैनौं।

सरकारको अवस्था हेर्दा ‘आफैं त महादेव कसले देला वर’ भनेजस्तो छ। हामीले राज्यलाई मात्र कस्नुपर्छ भन्नेमा म विश्वास गर्दिन। यस्तो संकटका बेला हामीले राज्यलाई साथ दिनुपर्छ। हामीले २३ वर्षसम्म कम्पनी चलाएका छौं, ४ महिना समस्या पर्दैमा घुँडा टेक्दैनौं। हामी संकटसँग जुध्न सक्षम छौं।  

बन्दाबन्दीपछि यात्रु पाउनेमा कत्तिको ढुक्क हुनुहुन्छ?  

बन्दाबन्दीका सुरुका दिनमा जति डर थियो, अहिले आम नेपालीमा त्यति डर देखिएको छैन। हामीले सुरक्षित रूपमा उडाउँछौं भन्ने विश्वास दिलायौं भने र होटलहरूले पनि सुरक्षित वातावरण बनाए भने घुमफिर संस्कृति बढ्न सक्छ। अर्को कुरा नेपालीले आन्तरिक रूपमा ओहोरदोहोर गर्नैपर्छ। हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौको सडक यात्रा किन गर्लान् र? डार्बिनले भनेजस्तै ‘सभाईभल अफ दि फिटेस्ट’ यहाँ पनि लागु हुन्छ।

अबका केही वर्ष विदेशी पर्यटक आउने सम्भावना देखिँदैन । डलर फेयरमा यात्रु उडाउन नपाउँदा तपाईहरूलाई कत्तिको असर पर्छ?  

डलर फेयरबाट हामीले १५ प्रतिशत रेभेन्यू संकलन गथ्र्यौं। अब हामीले हाम्रो खर्च व्यवस्थापन गर्नुपर्छ। हामीले मध्यमवर्गीय नेपालीलाई आर्कषित गर्ने भाडा दर राख्दा टिक्न सक्छौं। घाटामा जाँदैनौं। लकडाउन खुलेपछि हामी एग्रेसिभ मार्केटिङ गर्छौ।

हवाई कम्पनीहरूबीच मर्जरको सम्भावना छ कि छैन?

हवाई कम्पनीहरूबीच मर्जरको त्यस्तो कुनै सम्भावना छैन।

महिनाको ५० करोड रुपैयाँको आम्दानी लकडाउनपछि शून्यमा झरेको छ। हामीले कर्मचारी कटौती गरेका छैनौं। गर्दैनौं पनि। पूरै तलब दिन नसकेका हौंला तर बिहानबेलुकाको छाक टार्न पुग्ने दिएका छौं।   

कोरोनाले नसोचेको परिस्थिति आयो, हवाईउद्योग बचाउन सरकारले कस्तो राहत प्याकेज ल्याउनुपर्ला ?

सरकारको अवस्था हेर्दा ‘आफैं त महादेव कसले देला वर’ भनेजस्तो छ। राज्यसँग क्षमता नै छैन। हामीले राज्यलाई मात्र कस्नुपर्छ भन्नेमा म विश्वास गर्दिन। यस्तो संकटका बेला हामीले राज्यलाई साथ दिनुपर्छ। हामीले २३ वर्षसम्म कम्पनी चलाएका छौं, ४ महिना समस्या पर्दैमा घुँडा टेक्दैनौं। हामीले नै संकटसँग जुध्नु पर्छ। हामी जुध्न सक्षम छौं।

तपाईहरू आफ्ना कर्मचारी कटौती गर्नुहुन्छ कि गर्नुहुन्न?

महिनाको ५० करोड रुपैयाँको आम्दानी लकडाउनपछि शून्यमा झरेको छ। हामीले कर्मचारी कटौती गरेका छैनौं। गर्दैनौं पनि। पूरै तलब दिन नसकेका हौंला, तर बिहानबेलुकाको छाक टार्न पुग्ने दिएका छौं।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार
राष्ट्र बैंकले आज (शुक्रबार) कति तोक्यो विदेशी मुद्राको विनिमयदर
२०८३ असार ५, शुक्रबार