असार २८, २०८२ शनिबार July 12, 2025

भेनेजुएलाका विपक्षी उम्मेदवारलाई पक्राउ पुर्जी जारी गरेकोमा इयुद्वारा निन्दा

संयुक्त राज्य अमेरिका, इयु र धेरै ल्याटिन अमेरिकी देशले विस्तृत मतदान नतिजा नदेखी आएको परिणामलाई मान्यता दिन अस्वीकार गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्रसेल्स, भदौ १९ गते । युरोपेली सङ्घ (इयु) ले मङ्गलबार विपक्षी राष्ट्रपतिका उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई भेनेजुएलाको अदालतले जारी गरेको पक्राउ पुर्जीलाई खारेज गरेको छ । गोन्जालेज उरुटियाले जुलाईमा भएको निर्वाचनमा सही रूपमा जितेको दाबी गर्नुभएको छ ।

“म पक्राउ पुर्जीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु”, इयुको विदेश मामिला प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विपक्षी र नागरिक समाजको दमन र उत्पीडन धेरै भएको छ, भेनेजुएलाका जनताको इच्छालाई सम्मान गर्नुपर्छ ।”

अधिकांश सदस्य वर्तमान राष्ट्रपति निकोलस मदुरोप्रति मित्रवत रहेको भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्ले जुलाईको मतदानपछि विपक्षी र अधिकांश अन्तर्राष्ट्रिय समुदायले विवादास्पद परिणाम भने पनि मदुरोलाई तेस्रो छ वर्षको कार्यकालका लािग पुनः निर्वाचित भएको घोषणा गरेको थियो ।

संयुक्त राज्य अमेरिका, इयु र धेरै ल्याटिन अमेरिकी देशले विस्तृत मतदान नतिजा नदेखी आएको परिणामलाई मान्यता दिन अस्वीकार गरेका छन् ।

अन्तिम समयमा मतपत्रमा विपक्षी नेता मारिया कोरिना मचाडोको स्थान लिनुभएका सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटिया निर्वाचन लगत्तै लुकेर बस्नुभएको छ ।

अदालतले ‘गम्भीर अपराध’ का लागि गोन्जालेज उरुटियालाई वारेन्टका लागि गरेको अनुरोधलाई स्वीकार गरेको भेनेजुएलाको अभियोजक कार्यालयले मङ्गलबार बताएको छ ।

गोन्जालेज उरुटियाका कथित अपराधहरू मदुरो र उहाँका सहयोगीहरूले जुलाई २८ मा राष्ट्रपति निर्वाचनमा मत चोरेको विपक्षी आग्रहबाट उत्पन्न भएको अभियोजकहरूले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार