असार २८, २०८२ शनिबार July 12, 2025

पश्चिम किनारबाट इजरायली सेना फिर्ता

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनिन (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), २१ भदौ:इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कब्जा गरिएको पश्चिम किनारमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।

बख्तरबन्द सवारी र बुलडोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दाहरू शिविरमा फर्केका छन् । उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो ।

अगस्ट २८ मा सेनाले जेनिनलगायत उत्तरी पश्चिम किनारका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो ।

‘जेनिन क्षेत्रमा आतङ्कवाद विरोधी गतिविधि सञ्चालन गरिरहेको’, इजरायली सेनाले फिर्ताको बारेमा पुष्टि नगरी शुक्रबार विज्ञप्तिमा बताएको छ । “आतङ्कवाद विरोधी अभियानको उद्देश्य हासिल गर्न इजरायली सुरक्षा बलले लगातार कारबाही गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

जेनिनमा भएको अपरेसनमा १४ लडाकूको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चार वटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ ।

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरालयमा आक्रमण गरेर गाजामा जारी युद्धलाई जन्म दिएको हमास र प्यालेस्टिनी इस्लामिक जिहादले मारिनेहरूमा कम्तीमा १४ लडाकू रहेको बताएका छन् ।

जेनिन शिविरका धेरै घर बुलडोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन् । इजरायली बख्तरबन्द सवारीहरू फिर्ता भएपछि शुक्रबार बासिन्दाहरूले भग्नावशेष सफा गर्न आफ्नै बुलडोजर प्रयोग गरिरहेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

फर्किने बासिन्दाहरूको प्रारम्भिक चाल भीडमा परिणत भयो र चाँडै नै बालबालिकाहरू सडकमा खेल्न थाले ।

इजरायलले सन् १९६७ देखि पश्चिम किनारलाई कब्जा गरेको छ र उसका सेनाले नियमित रूपमा प्यालेस्टिनी समुदायमाथि आक्रमण गर्दछ । अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि इजरायली सेनाले पश्चिम किनारमा गरेको आक्रमणमा कम्तीमा छ सय ६१ प्यालेस्टिनीको मृत्यु भएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार