असार २६, २०८२ बिहिबार July 10, 2025

दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, भदौ २१  गते । युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।

आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।

ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको थियो ।

मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिनुभयो । रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया