असार १३, २०८३ शनिबार June 27, 2026

जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने बिजय पाण्डे पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बिश्व स्वास्थ्य संगठन नेपालको कर्मचारी भएको बताउदै बिभिन्न ब्यक्तिलाई ठगी गर्ने बिजय पाण्डेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीसंग एक बर्ष अघि देखि सम्पर्कमा रहेका पाण्डेले अहिले बिश्व स्वास्थ्य संगठनबाट कर्मचारीको माग भएकोले आफुले जागिरमा लगाईदिने भन्दै १लाख ८२ हजार रुपिया ठगी गरि फरार भएका थिए ।

उनी फरार भएपछि भण्डारीले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया