असार २३, २०८२ सोमबार July 7, 2025

पार्टी पङ्क्तिलाई उद्धार र राहतमा लाग्न नेकपाको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय कास्कीले प्राकृतिक विपद्को घडीमा सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै पार्टी पङ्क्ति र जनवर्गीय सङ्गठनलाई राहत र उद्धारमा क्रियाशील हुन निर्देशन दिएको छ ।

पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङले आज विज्ञप्ति जारी गरी जिल्लाका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी सात जनाको मृत्यु भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेकपाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

“मुलुक यतिबेला कोभिड–१९ को त्रासदीबाट गुज्रिरहेको छ, यतिनै बेला प्राकृतिक विपद्ले हामीलाई थप मर्माहत बनाएको छ । हाम्रो पार्टी हरेक सङ्कट र विपद्मा जनताको साथमा छ”, विज्ञप्तिमा भनिएको छ । नेकपाले नदी, किनार, भिरालो तथा जोखियुक्त क्षेत्रमा थप सतर्कता आवश्यक रहेकामा जोड दिँदै विपद्को घडीमा क्षतिको न्यूनीकरण, उद्धार एवं राहत तथा पुुर्नलाभजन्य कार्यका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले तदारुकताका साथ पहल अघि बढाउनसमेत माग गरेको छ ।

त्यसैगरी कास्की क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सम्पूर्ण कार्यकर्र्ताहरुलाई सतकर्ता अपनाउँदै सक्रियतापूर्वक उद्धारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनु भएका नेता अधिकारीले पहिरोका कारण घरबारविहीन भएका परिवारको उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार