मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

डेंगुका बिरामीले टेकु अस्पतालको आइसियू भरिभराउ

हाल दैनिक १० देखि १५ डेंगु संक्रमित भर्ना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पछिल्लो दुई सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीले भरिभराउ भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाले साउन र भदौंमा मात्रै अस्पतालले १५५ डेंगु संक्रमितको उपचार गरेको बताए। जसमा साउनको तुलनामा भदौंमा डेंगु संक्रमित संख्या बढेको हो।

हाल दैनिक १० देखि १५ डेंगु संक्रमित भर्ना हुने गरेको निर्देशक डा बसौलाले जानकारी दिए।

पछिल्लो समय रातीको समयमा पनि २० देखि २५ जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेकोमा बिरामीको अवस्था अनुसार अस्पताल भर्ना लिने गरेको उनी बताउँछन्। काठमाडौंको कालीमाटी, कुलेश्वरलगायत क्षेत्रबाट डेंगुका बिरामी धेरै आएका छन्।

‘आइतबार साँझसम्म १२ जना डेंगुका तथा स्क्रप्टाइबसका ३ जना बिरामी आइसियूमा उपचाररत छन्’, उनले भने,’अस्पतालमा उपचारका लागि थोरै मात्रै गम्भीर अवस्थाका डेंगु संक्रमित आउने गरेका छन्, कसै कसैलाई भने रगत चढाउनुपर्ने अवस्था हुन्छ।’

हालसम्म अस्पतालमा डेंगु संक्रमणका कारण मृत्यु नभएको उनले बताए।

आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा 

हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा बसौला बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण ३ बेड थपिएको जानकारी उनले दिए।

अस्पतालमा धेरै जसो ज्वरो, डेंगु तथा सर्पले टोकेका बिरामी आउने गरेको उनी बताउँछन्।

देशभर हालसम्म ११ हजार ५ सय ४५ जनामा  संक्रमण पुष्टि

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाखा प्रमुख डा यदुचन्द्र घिमिरेले पछिल्लो तथ्यांकअनुसार विभिन्न १० जिल्लामा डेंगु संक्रमित बढी फेला परेको बताए । देशभर हालसम्म ११ हजार ५ सय ४५ जनामा  संक्रमण पुष्टि भएको छ।

काठमाडौं, तनहुँ, कास्की, चितवन, पर्वतमा पाँच सयभन्दा बढी संक्रमित फेला परेका छन्। यस वर्ष  विभिन्न जिल्लाका गरि ६ डेंगु संक्रमितको मृत्यु भएको छ । भदौं र असोज डेंगु संक्रमणको उच्च जोखिमको महिना रहेको उनले बताए।

डेंगु कसरी सर्छ ?

– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।

– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।

– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।

डेंगुका लक्षण के-के हुन्?

– उच्च ज्वरो,

– कडा खालको टाउको दुखाइ हुने,

– आँखाको गेडी पछाडि दुख्ने,

– मांसपेसीको दुखाइ,

– वाकवाक लाग्ने र वान्ता हुने

कसरी गर्ने डेंगुको रोकथाम ?

– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।

– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने,

– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,

– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,

– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने,

– लामखुट्टेको टोकाइबाट बच्ने,

– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा  जालीको प्रयोग गर्ने,

– झुलको प्रयोग गर्ने – स्वास्थ्यखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार