असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय समितिद्धारा सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान

नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र उजुरी दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुईजना न्यायाधीशहरूको उजुरी आह्वान गरेको छ।

मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो।

न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ।

सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार