काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई विधेयक प्रमाणित गरेका छन् ।
अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् ।
अध्यक्ष दाहालले प्रमाणित गरेपछि अब विधेयक प्रमाणिकरणका लागि आजै राष्ट्रपतिकहाँ पठाइने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि ऐन प्रारम्भ हुनेछ ।
प्रतिक्रिया