श्रावण २५, २०८३ सोमबार August 10, 2026

फोहोरबाट आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल

मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ । अस्पतालबाट उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गरिरहेको छ ।

अस्पतालले प्रयोग गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोतल, तथा पन्जालाई आम्दानीमा बदलेको छ । महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले फोहोरलाई आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको बताउनुभएको छ ।

अध्यक्ष भट्टका अनुसार अस्पतालबाट निस्किने फोहोर सङ्कलन र निर्मलीकरण गरेर फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने वस्तु छुट्याउने गरिएको जनाउनु भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा मासिक करिब आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको र सो फोहर बिक्री गरेर मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । कृष्ण साउद

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार