कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा दुई काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा र तालिमको माध्यमबाट मिडिया व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, नैतिक पत्रकारितालाई प्रवद्र्धन गर्नेलगायतका विषय समावेश गरिएको छ ।

“समाचार संकलनसम्बन्धी गोष्ठी, कार्यशाला, आयोजना गर्ने तथा पत्रकारका अनुभव आदानप्रदान गरिनेछ”, समझदारी पत्रमा भनिएको छ ।

नेपाल भ्रमणमा आएको म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो ।

लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँलगायतको भ्रमण गर्ने उद्देश्यसहित श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका गतिविधिबारे जानकारी दिनुभयो ।

श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष कोग्गाला बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय ओहन केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार