असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा पहिलो पटक कार्पेट एक्स्पो विद्युतीय माध्यमबाट सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतमा पहिलो पटक कार्पेट एक्सपो विद्युतीय माध्यमबाट सञ्चालन गरिने भएको छ ।

कार्पेट निर्यात प्रबद्र्धन परिषद्ले आयोजना गरेको ४० औँ एक्स्पोको विद्युतीय माध्यमबाट सञ्चालन गर्ने तयारी भएको हो । एक्स्पो आगामी अगस्ट २१ देखि २५ तारिखसम्म योजना गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने डरले विद्युतीय माध्यमबाट एक्स्पो सञ्चालन गर्ने निर्णय भएको उनीहरुको भनाइ छ ।

यस एक्स्पोलाई भारतका कार्पेट निर्यातकर्ताहरुले एकैचोटी अन्तर्राष्ट्रिय बजारमा आफ्ना उत्पादनहरुको प्रबद्र्धन गर्ने मौकाका रुपमा लिइन्छ ।

उनीहरुले आफ्ना उत्पादनका बारेमा क्रेताहरुलाई बुझाउन पाउनेछन् भने कतिपय एजेण्डाहरुका बारेमा पनि छलफल गर्नेछन, परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया