मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बाजुरा अस्पतालमा अक्सिजन अभाव

जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरूका लागि बयालपाटाबाट ल्याउनुपर्ने बाध्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ। अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएसँगै अक्सिजन अभाव भएको हो ।

प्लान्टमा खराबी आएपछि अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो ।

एक महिनादेखि अक्सिजन प्लान्ट बन्द भएको र हाल जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरूका लागि बयालपाटाबाट ल्याउनुपर्ने बाध्यता रहेको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

एक महिना अगाडी बिग्रीएको मेसिन मर्मतका लागि कम्पनीलाई पटक पटक बोलाउँदा पनि नआएको र अग्रिम भुक्तानी माग गरेका कारण मर्मतमा ढिलाइ भएको अस्पताल बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ढिला आएको र अस्पतालको आन्तरिक श्रोतबाट मर्मत गर्न नसकिने भएका कारण मर्मतमा ढिलाइ भएको अस्पताल बाजुराका प्रमुख सुमिता पुनले बताउनुभयो ।सुदूरपश्चिम सरकारको  यस आर्थिक वर्षको बजेट कार्यान्वयनको पक्षमा भर्खर गएकोले दशै लगत्तै मर्मत गरिने अस्पताल प्रमुख पुनको भनाइ छ।

जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका बिरामीहरूका लागि भने पाइपबाटै सिधै दिन मिल्ने भए पनि एम्बुलेन्स सहित रेफर गरिने बिरामीहरूका लागि निकै समस्या  झेल्नु परेको अस्पताल बाजुराले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार