बैसाख २२, २०८३ मंगलबार May 5, 2026

पहिरोमा परी वेपत्तालाई भोलिसम्ममा खोजिसक्छौं- जीवनप्रसाद आचार्य, प्रजिअ, संखुवासभा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संखुवासभामा बाढीपहिरोको कसरी उद्धार भइरहेको छ ?

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । उहाँहरुले बेपत्ता भएका मानिसहरुको खोजी तथा जोखिममा परेकाहरुको उद्दार गर्ने काम गरिरहनुभएको छ । अहिले जोखिममा परेका ८२ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको छ भने बेपत्ता भएकाको खोजी भइरहेको छ । उद्दारमा थप सहयोगका लागि जिल्ला सदरमुकामबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ७० जनाको टिम घटनास्थलतर्फ केही पुगिसकेको र केही पुग्ने अवस्था छ ।

संखुवासभामा भीषण पहिरो गएको छ, अहिलेसम्म राजनीतिक पार्टीका नेताहरुबाट उद्दारमा सहयोग भएको छ कि छैन ?

अहिलेसम्म हामीलाई स्थानीय जनप्रतिनिधि र स्थानीय वासीले खोजी तथा उद्दारमा सहयोग गरिरहनुभएको छ । त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरुले पनि उद्दारमा सहयोग समन्वय गरिरहेको अवस्था छ ।
मैले नेपाली कांग्रेसका नेता दीपक खड्कासँग कुराकानी गरेको थिएँ, उद्दारको लागि उहाँहरुको सहयोग छ कि छैन ?
उहाँबाट पनि एकदमै सहयोग र समर्थन भएको छ । सबै राजनीतिक पार्टीका नेता तथा प्रतिनिधिहरुले हामीहरुसँग समन्वय गरेर अहिलेको यो आपतकालीन घडीमा जोखिममा परेका संखुवासभावासीहरुलाई उद्दार, पुनस्र्थापना र व्यवस्थापन गर्न सकिन्छ भनेर जुटिरहनुभएको छ । त्यसैगरी शीर्ष नेताहरुले पनि चिन्ता र चासो व्यक्त गरिरहनुभएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरु उद्दारको लागि परिचालित हुनुपर्छ ?

घटनास्थलमा गाउँपालिकाका अध्यक्ष, वडाका प्रतिनिधिहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासँग सहकार्य गरेर जुटिरहनुभएको छ ।

संखुवासभाको कुरा गर्दा जनताहरुले खान पाएका छन् कि छैनन् ?

जुन ठाउँमा घटना घट्यो त्यसपछि उहाँहरुलाई २ घण्टाको दुरीमा स्थानन्तरण गरिएको छ । त्यहाँ जाँदा उहाँहरुले आफूसँग भएको र बोक्न मिल्ने केही खानेकुरा बोकेर जानुभएको छ । अब उहाँहरुको उद्दार, राहत र टेण्टको व्यवस्थापनको लागि हामीले मन्त्रालयमा समन्वय गरेर हेलिकप्टरबाट आवश्यक सामाग्रीहरु ल्याउन व्यवस्था गरेका थियौं । तर, मौसमको प्रतिकूलताका कारण ती सामाग्रीहरु हामीले घटनास्थल पु¥याउन सकिरहेका छैनौं । संभवतः आज मौसमले साथ लियो भने ती आवश्यक सामाग्रीहरु त्यहाँ पु¥याइने छ ।

उद्दारको लागि कति समय लाग्ला, बेपत्तालाई कहिलेसम्म फेला पर्न सक्नुहुन्छ ?

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । नेपाली सेना र नेपाल प्रहरीले त्यसको खोजी कार्यलाई जारी राखेको छ । थप मद्दतका लागि हामीले सदरमुकामबाट पनि थप सुरक्षा बल पठाइएको छ । सकेसम्म एक दुई दिनभित्रै बेपत्ता भएकालाई फेला पार्न सफल हुनेछौं ।

संखुवासभाको स्थिति के छ बताउनुस् ?

अहिले पनि यहाँ सामान्य पानी परिरहेको छ । रातभरि पनि परिरहेको थियो । अहिलेसम्मको सूचना अनुसार हिजोको बाहेक अन्य ठाउँमा कुनै पहिरो गएको वा घटना घटेको छैन । त्यसकारण हिजोको त्यो घटनाबाहेक नयाँ घटना भएको जानकारी आएको छैन । र, हामी यहाँका विषयगत कार्यालयहरु, राजनीतिक दलका जनप्रतिनिधिहरु र कार्यकर्ताहरु हिजोको घटनास्थलमै लागेको अवस्था छ ।

उद्दार र खोजी कार्यमा सुरक्षाकर्मीहरुको सहयोग छ होइन ?

सुरक्षाकर्मीहरु एकदमै सक्रियताका साथ लागिरहनुभएको छ ।

नेपाली सेना पनि उद्दार र जोखी कार्यमा आइसकेको छ ?

नेपाली सेना केही घटनास्थल पुगिसकेको छ र केही थप बलको लागि त्यसतर्फ लागिरहेको छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार