असार २३, २०८२ सोमबार July 7, 2025

सीतापाईलामा दम्पत्ति हत्या गरी फरार आरोपी १४ बर्षपछी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको सीतापाइलामा १४ वर्ष अघी भएको दम्पती हत्याका फरार आरोपीलाई  पक्राउ गरेको छ। सर्लाही घर भएका जेके भनिने ३४ बर्षीय जयकिशोर साहलाई सीआईबीले असार २८ गते आईतबार बाँकेबाट पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।

हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेको उनको भनाई छ। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी दिए।

हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन्। मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए। उक्त घटनाका बेला साह १५ बर्षका थिए। हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ। दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार