श्रावण ७, २०८३ बिहिबार July 23, 2026

सीतापाईलामा दम्पत्ति हत्या गरी फरार आरोपी १४ बर्षपछी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको सीतापाइलामा १४ वर्ष अघी भएको दम्पती हत्याका फरार आरोपीलाई  पक्राउ गरेको छ। सर्लाही घर भएका जेके भनिने ३४ बर्षीय जयकिशोर साहलाई सीआईबीले असार २८ गते आईतबार बाँकेबाट पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।

हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेको उनको भनाई छ। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी दिए।

हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन्। मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए। उक्त घटनाका बेला साह १५ बर्षका थिए। हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ। दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आफ्नो राशिफल
२०८३ श्रावण ७, बिहिबार
व्यवसायी शंकर अग्रवाल पुनः पक्राउ
२०८३ श्रावण ६, बुधबार
सर्पको टोकाइबाट आमा–छोराको ज्यान गयो
२०८३ श्रावण ६, बुधबार
दाइजो प्रथा अन्त्य गर्न मन्त्री बादी र उपसभामुख रुबीबीच रणनीतिक छलफल
२०८३ श्रावण ६, बुधबार
युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल
२०८३ श्रावण ६, बुधबार
मन्त्रिपरिषद्को सात निर्णय : मिटरब्याजका फर्जी लिखत अवैध, विशेष अदालतमा नयाँ अध्यक्ष वासुदेव आचार्य चयन
२०८३ श्रावण ६, बुधबार
नेपाली सेनाका ३६ महासेनानीले पूरा गरे उच्चस्तरीय कमान्ड तालिम
२०८३ श्रावण ६, बुधबार