असोज ९, २०८३ शुक्रबार September 25, 2026

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका उपमहासचिव खरेबिच भेटवार्ता

नेपाल संयुक्त राष्ट्रसंघ सहकार्य तथा राष्ट्रसंघीय शान्ति स्थापनाका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज ९ गते । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल संयुक्त राष्ट्रसंघ सहकार्य तथा राष्ट्रसंघीय शान्ति स्थापनाका विषयमा छलफल भएको हो।

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ अपरेसन सपोर्टले विश्वभर राष्ट्रसंघीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोगसम्बन्धी सेवा प्रदान गर्दैआएको छ। भेटमा मन्त्री खनालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको दीर्घकालीन र निरन्तर योगदानबारे चर्चा गर्नुभएको थियो। नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दैआएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा उहाँले जोड दिनुभएको थियो।

उपमहासचिव खरेसँगको भेटमा शान्ति स्थापनाको क्रममा नेपाली शान्ति सैनिकले सामना गर्ने विभिन्न सञ्चालनगत तथा व्यवस्थापकीय पक्ष, आवश्यक सहयोग र राष्ट्रसंघीय शान्ति अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया