असार ३०, २०८२ सोमबार July 14, 2025

तेह्र हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखाजाँच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी),  असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ ।

अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिनुभयो । अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उहाँले बताउनुभयो ।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताउनुभयो । अस्पतालले आर्थिक वर्ष २०७९/८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो ।

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालले सोही अवधिमा कोसी प्रदेशका ५० विद्यालयमा  निःशुल्क आँखा परीक्षण गरेको उहाँको भनाइ छ ।

सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताउनुभयो । अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार